यस्तो reductionist argument नै गर्ने भए नि अलि creatively गर्नु । उही घिसेपिटेको platitudes. https://twitter.com/deependradc/status/1358955637812523009
पुँजिवाद र समाजवादको बहसलाई meme-fy गर्दा यो महत्वपुर्ण बसह हास्यास्पद मात्र बन्न पुग्छ । यस बहसका बिभिन्न महत्वपूर्ण आयामहरुलाई बेवास्ता गर्दा हुने mudslinging को उपज intellectual poverty बाहेक केही हुँदैन ।
मेरो विचारमा यो जुनसुकै पक्ष जसले mudslinging गर्दै कसैको विचारलाई ढोङमा reduce गर्नेलाई लागु हुन्छ । Meme बाट माथि उठी यसका आयामहरुमा छलफल गरौँ ।
१. iPhone, Starbucks, Twitter उपभोग गर्दा एक समाजवादी त्यति नै ढोङ्गी हुन्छ जति सामुदायिक school मा अध्ययन गरेको, public coffer बाट निर्माण सडक प्रयोग गर्ने र नागरिकता, सवारीचालक अनुमति पत्र लिने एक पुँजिवादी ढोङ्गी हुन्छ ।
२. Innovation को विषयमा USSR ले गरेको विज्ञान प्रविधिको विकाससम्म पनि जान जरुरी छैन । Elon Musk का कम्पनिहरेले प्राप्त गरेका USD 4.9 billion बराबरको सरकारी अनुदान कै कुरा गरौँ । US सरकारले COVID vaccine को अनुस्धानको लागि गरेको USD 10 billion भन्दा माथिको लगानीको नि कुरा गरौँ ।
३. USSRको“समाजवाद”(जसको विरोध समाजवादीहरुले नै ज्यान गुमाए) लाई जुन कसीले judge गरिन्छ त्यही कसीले पुँजिवादलाई नि judge गरौँ।रुसको हिंसालाई समाजवादको उपज भन्दै गर्दा Syria, Iraq, Turkey, Lebanon, Israel को हिंसालाई पुँजिवादको military-industrial complex को उपज भन्न किन नमिल्ने?
४। प्रतिस्पर्धात्मक बजारलाई natural economic incentive को outcome भन्दै गर्दा यसको सयौँ वर्ष लामो हिंस्रक इतिहासको (EIC ले दुई लाखभन्दा ठुलो सेनाको बलमा गरेको बजार विस्तारदेखि Chile मा military coup को बलमा लादिएको neoliberalism सम्म) बारेको पनि छलफल गरौँ ।
५. अनि बजारको (गैर)नैतिकताको विषयमा बहस गरौँ।बजारलाई न slavery सँग समस्या थियो,न racism, न casteism, न ethnic cleansing,न भारतमा food surplus को विचमा भएको free market experiment बाट भएका भयानक famine सँग । यि सबका बिरुद्ध लड्ने को थिए र उनिहरुका ideology के थिए पनि छलफल गरौँ ।
६. वातावरण, social mobility, स्वतन्त्रता, commodification र समाजमा राज्यको भुमिकाको विषयमा छलफल गरौँ । दुई चारवटा reductionist memes (जसमा nuances जाए तेल लेने) शेयर गरेर “आज त कसैको ढोङ्ग पर्दाफास गरेँ” भन्ने भ्रममा नपरौँ । La fin!
You can follow @dangalsuj.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.