पोष्टमोर्टम रिपोर्टमा बलात्कार र हत्या भएको भनेर लेखिँदैन। शरिरमा र यौनीमा रहेको चोटको बारे व्याख्य गरिन्छ। स्वाब लिइन्छ। त्यसको रिपोर्ट व्याख्या गरिन्छ। बलात्कार र हत्या बारे प्रहरी र अदालतले मात्र बोल्ने हुन्। डाक्टरले होइन।
@RepublicaNepal @subhash580
@RepublicaNepal @subhash580
प्रहरीले मुद्दा दर्ता गर्दा पनि पो मो रिपोर्ट मात्र नभइ अन्य Circumstantial प्रमाणहरू बटुलेर गर्ने हुन्।
भेटिएका प्रमाण र पोमाको रिपोर्टको अधारमा प्रहरीलेे बलात्कार पछि हत्या गरिएको जस्तो देखिन आएको भताएको छ भनेर लेख्न पर्छ होला।
भेटिएका प्रमाण र पोमाको रिपोर्टको अधारमा प्रहरीलेे बलात्कार पछि हत्या गरिएको जस्तो देखिन आएको भताएको छ भनेर लेख्न पर्छ होला।
सानो गल्ती हो। तर पटक पटक दोहोरी राख्छ। यस्ता समाचारले डाक्टरले नै हत्या भएको/ बलात्कार भएको रिपोर्टमा लेखिदिनु पर्ने भन्ने बुझाइ जनतामा परेको छ। हामीेले त्यस्तो लेख्न मिल्दैन भन्दा डाक्टर हत्याराहरूसँग मिलेको भनेर आरोप लगाइन्छ।
यतिकै पनि नेपालमा केवल MBBS गरेका डाक्टरलाई तेस्रो वर्षमा पढेको आधारमा यो सबै गर्न लगाइन्छ।थोरैले तालिम पनि लिएका हुन्छन् तर कोहि पनि फरेन्सिन विशेषज्ञ होइनन्। यो विधालाई यति हेपिएको छ कि छात्रवृत्तिमै पनि सक्के सम्म कोहि पढ्दैनन्।
बरू सकिन्छ भने चैत्र तिर म्याचिङ सक्के पछि किन चिकित्सक फरेन्सिन पढ्न रुचाउँदैनन् र प्रयाप्त फरेन्सिक विशेषज्ञ नभएकाले हाम्रो देशमा हत्या र बलात्कारका घटनाको छानविन कसरी कमजोर भएको छ त्यसबारे केही लेखिदिनु होला।