Thread:
छाउपडी र दाइजो प्रथा सरह नै तर धेरै चर्चा नहुने लैंगिक विभेदको यौटा निकै नै कुरूप अभ्यास हो मैथिल ब्राह्मण समाजमा हुने विवाह सम्बंधी व्यवस्था।
केही नीजि अनुभव उल्लेख गर्दै यस कुहिएको व्यवस्थामाथि प्रकाश पार्न चाहन्छु। +
छाउपडी र दाइजो प्रथा सरह नै तर धेरै चर्चा नहुने लैंगिक विभेदको यौटा निकै नै कुरूप अभ्यास हो मैथिल ब्राह्मण समाजमा हुने विवाह सम्बंधी व्यवस्था।
केही नीजि अनुभव उल्लेख गर्दै यस कुहिएको व्यवस्थामाथि प्रकाश पार्न चाहन्छु। +
छोरी कक्षा १०/+२ मा छॅंदै अभिभावक योग्य वरको खोजी गर्न थाल्छन्। समान उमेरको छोराको भने उच्च शिक्षा (प्राय: एमबीबीएस/एमडी/इंजीनियरिंग) का लागि रकम जम्मा भइरहन्छ, छोरा जस्तोसुकै बज्रस्वॅांठ भएपनि। +
वर खोज्न सजिलो बनाइदिन केही थान फटाहा लमी हुन्छन्। ती लमीले केही केटापक्षको परिचय केटीपक्षलाई दिन्छन् अनि दुई पक्षबीच प्रारम्भिक दूरसंचार गराइदिन्छन्। +
त्यसपछि इच्छुक केटापक्षले केटीको फोटो/फेसबुक/इंस्टाग्राम र बायोडेटा माग्छन्। फोटो मन परेको खण्डमा केटीका बॅांकी डिग्री कागजात र प्रमाणपत्र पनि झिकाइन्छन्। कथंकदाचित केटीपक्षले केटाको पनि प्रमाणपत्र मागिहाल्यो भने कुरा त्यहीं सकिन्छ। +
अब केटीको कागजात यदि दुरुस्त रहेछ भने विस्तृत कुराकानीका लागि केटीपक्षको हैसियत अथवा केटापक्षको सहुलियतका आधारमा केटीपक्षलाई प्राय: छोरी लिएरै होटल/रेष्टुरॅां/घर/मंदिरमा बोलाइन्छ। अहिलेको अवस्थासम्म दौडधूप (ट्राभलिंग) केवल केटीपक्षले गरिरहेको हुन्छ, केटापक्षले रोजेको गन्तव्यसम्म+
केटा र केटी सहित दुवै पक्षको विस्तृत भेटघाटपछि लेनदेन (दाइजो) को कुरा शुरु हुन्छ। दाइजो दिन नपरोस् भनेर कतिपय परिवारले छोरीलाई पनि उच्च शिक्षा दिन थालेका छन् अहिले +
तर दाइजोको माग तैपनि भइरहन्छ, यौटा नयॅां बहाना तेर्साएर कि उच्च शिक्षा हासिल गर्ने क्रममा केटीको उमेर धेरै नाघिसक्यो (पहाडमा बूढीकन्या भनेजस्तै), भलै केटा केटीभन्दा दसै वर्ष जेठो किन नहोस्। +
दाइजो लगायत बिहेका सम्पूर्ण कार्यक्रमको खर्च केवल केटीपक्षलाई जिम्मा लगाइन्छ (केही प्रगतिशील केटापक्षले अचेल स्वयं पनि जिम्मेवारी लिन थालेका छन्, तर नगन्यले)।प्रायजसो केटा-केटीपक्षबीचको यो भेटवार्तालाई मानव बेचबिखनकै एक स्वरूप मान्न सकिन्छ- सामाजिक लाइसेंस प्राप्त मानव बेचबिखन! +
यस भेटवार्तामा केटापक्षका सम्पूर्ण शर्त मानेर कुरा अगाडि बढिसकेपछि पनि वैवाहिक कार्यक्रमको कुनै पनि चरणमा केटा/पक्षले विवाह स्थगित गर्ने छूट हुन्छ - विवाह मण्डपबाटै रुष्ट भई केटापक्ष चलदिएको कतिपय उदाहरण छन्। +
केटापक्षको यस्तो घृणित कदमलाई समाजले ‘असंतुष्टी’ को नाम दिन्छ भने केटीलाई ‘अभागी’, ‘पुरानो जन्मको पापी’, ‘कमसल’ आदि उपमा भिडाइन्छ र यसै परिपाटी अनुरूप आगामी दिनमा उसको विवाह हुन झनै जटिल बन्दै जान्छ। +
यतिमात्र होइन, केटी र केटासहित दुवै पक्षको भेटवार्तापछि यदि केटी अस्विकृत हुन्छिन् भने पनि “यो त रिजेक्टेड पीस” हो भन्ने कमेन्ट पनि केटीकै लागि पास गरिन्छ, केटाको लागि होइन। फलस्वरूप कमजोरले आत्महत्या गर्ने प्रयास गर्छन् भने सबलले प्रेमविवाह गर्ने निधो। +
यसै व्यवस्थाकी शिकार एकजना मेडिकल अधिकृत बहिनी र पीडक केटापक्षको कथा शेयर गर्न जॅांदैछु।
करीब एक वर्ष अगाडि बहिनीको चीनजान बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा एमडी इंटरनल मेडिसीन अध्ययनरत एकजना रेजिडेंट डाक्टरसॅंग भयो। आफंतको उपचारका क्रममा परिचय भएको रहेछ। +
करीब एक वर्ष अगाडि बहिनीको चीनजान बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा एमडी इंटरनल मेडिसीन अध्ययनरत एकजना रेजिडेंट डाक्टरसॅंग भयो। आफंतको उपचारका क्रममा परिचय भएको रहेछ। +
परिचयपछि दुवैजना ‘फेसबुक फ्रेंड’ बने। केही साझा ‘फेसबुक फ्रेंड’ बाट एक-अर्काबारे जानकारी जुटाए र एकअर्कालाई ‘डेट’ गर्न थाले। हॅुंदाहॅुंदै केटाले बिहेको प्रस्ताव राख्यो। केटीले आफ्नो अतीत सम्झॅंदै तत्कालै केही भनिन। +
केही दिनपछि हिम्मत गरी आफु ‘डिभोर्सी’ (संबन्ध विच्छेद) भएको कुरा सुनाई। केटोले शुरुमा पत्याएन र प्रमाण माग्यो। केटीले कागजात देखाएपछि केटोले मान्यो तर आफ्नो प्रस्तावबाट पछि हटेन। केटीलाई अचम्म लाग्यो। यस्तो ‘प्रोग्रेसिभ’ सोचको केटा पहिलोपटक देख्दै थिई। +
बुझ्दै जॅांदा केटाकी साखै बहिनीको पनि ‘डाइभोर्स’ भएको कुरा केटाले सुनायो। केटाको संवेदनशीलता देखेर ऊ झनै प्रभावित भई तर केटापक्षले अझैपनि यिनको विवाह गराउन मान्लान् भन्ने आश केटीलाई लागेन। केटाले परिवारलाई मनाउने वाचा गर्यो। +
धेरै प्रयासपछि परिवारले मानेको र केटीपक्षलाई कुरा गर्न घरमै निम्त्याएको जानकारी उसले गरायो। पहिलो बिहेमा महिला उत्पीडन सहिसकेकी यी बहिनी यतिको प्रगतिशील केटा र परिवार देखेर दंग थिइन्। पुन: नौला सपना देख्न थालेकी थिइन्। आफ्ना आमाबूबालाई जानकारी गराइन् र कुरा गर्न तैयार पारिन्। +
करीब एक महिना अगाडि दुवै पक्षको बिराटनगर पुष्पलाल चोकमा रहेको केटापक्षको निवासमा भेटघाट, कुराकानी भयो, जसमा म पनि केटीपक्षबाट सरीक भएं। +
केटीको बुबाले नलुकाइकन केटीको विच्छेदित विवाहबारे सविस्तार जानकारी गराए। केटापक्षले पनि गम्भीरतापूर्वक सुन्यो, केटालगायत मौजूद सबै सदस्यसॅंग छलफल गरी उनिहरुलाई आपत्ति नरहेको कुरा सुनायो र आगामी छलफलका लागि माघ १ गत्तेको दिन केटीसहित आउने निम्तो दियो। +
त्यसपछि हामीले विदा हुने आज्ञा माग्यॅौं तर खाजा खाएर जान आग्रह गरियो। केटीका बुबाले हाम्रोमा कुरा पक्का नभई खाजा नखाने कुरा सुनाए। केटापक्षले कुरा लगभग पक्कापक्की भइसकेको भनेर पुन: खाएर जान आग्रह गरे। हामीले मान्यॅौं। +
खाएर हिन्नै लाग्दा केटाको ज्येष्ठ मामा (केटापक्षको प्रमुख प्रतिनिधी)ले केटीको बुबाको कानमा केटालाई ‘गोड-लगाई’ (केटाले खुट्टा ढोगे वापत उसलाई दिइने नगद रकम, जुन् हजारौं देखि लाखौं रुपैयॅांमा हुने गर्दछ) दिन आग्रह गरे। सॅंगसॅंगै केटालाई पनि केटीका बुबाको खुट्टा ढोग्न लगाए। +
केटीका बुबा यो रशम कुरा मिलिसकेपछि हुने भन्दै अनकनाए। मामाले कुरा लगभग मिलिसकेको भनेर पुन: आश्वस्त गराए। त्यसपछि केटीका बुबा र काका दुवैजनाले केटालाई गोड-लगाई दिए अनि हामी विदा भयॅौं। +
एक सप्ताह अघि केटाको बुबाले उनिहरु घुम्न जॅांदैछन् भनेर केटीको बुबालाई फोन गरी माघ १ गतेको कार्यक्रम स्थगित गरेको जानकारी गराए। आशंकित कन्यागतले “पुन: कहिले भेट्ने त?” सोधे। केटाको बुबाले निश्चित नभएको बताए। धेरै कर गरेपछि केटाको बुबाले केटाको काका असहमत छन् भने र फोन काटिदिए। +
केटाको मामालाई सोध्दा केटाले नै नमानेको कुरा भने। केटीले थाह पाई। केटालाई सोध्दा उसले हजुरबा-आमाले नमानेको कुरा भन्यो। केटीले केटाको मर्जी सोधी। केटाले ऊ परिवार अघि लाचार रहेको कुरा सुनायो। बहिनी निराश भइन् तर सशंकित पनि भइन्। मलाई सुनाइन्। +
बिराटनगरका केही साथी, आफंतलाई गूदी कुरो बुझ्न आग्रह गरें। बुझ्दै जॅांदा के पता लाग्यो भने यसैबीच बंगलादेशमा एमडी गरिरहेकी एकजना केटीको प्रस्ताव आएको रहेछ केटालाई र त्यस केटीको आमा-बालाई पनि माघ १ गत्तेकै दिन बोलाइएको रहेछ कुराकानी गर्न। +
कुरा पक्का भई फागुनमा विवाह हुने पनि निश्चित भइसकेको रहेछ। बहिनीले कुरा थाहपाएपछि केटालाई फोन गरी। केटाले फोन/फेसबुक सबै ठाउॅं उसलाई ‘ब्लक’ गरिसकेको रहेछ। यसअघि बहिनीसॅंग मज्जाले कुराकानी गर्ने केटाकी बहिनी, आमा समेतले उसको नंबर ब्लक गरिसकेका रहेछन्। +
बहिनी यति ठुलो धोका पाएको विश्वास गर्नै सकिरहेकी छैनन्। मान्छे चिन्न नसकेकोमा उसले आफैंलाई धिक्कार्दै छिन्। केटापट्टीको कसैले पनि केटीपक्षको फोनको जवाफ फर्काइरहेको छैन।
यो कस्तो व्यवस्था हो? के यसलाई ‘फ्रड’ भन्न मिल्दैन? केटापक्ष यसरी गैर-जिम्मेवार भई उम्किन मिल्छ? केटी र उसको परिवारको भावनासॅंग यसरी खेलवाड गर्न पाइन्छ? के भएर कुरा मिलेन, कमसेकम यति कुरा प्रस्ट गरिदिने जिम्मेवारी पनि हॅुंदैन केटापक्षको? +
अहिले केटीको परिवार चरम मानसिक तनावमा छ भने केटापक्ष विवाहको तयारीमा। यो लैंगिक विभेद नभई अरु के हो त? +
यो घटना न पहिलो हो यस समाजमा न अन्तिम नै। आफ्नै बहिनीको विवाहको कुरा चलिरहॅंदा पनि केटापक्षको यस्तो दादागिरी मैले नसहेको होइन। तर उतिखेर पनि परिवार “ठीकै छ। भाग्य राम्रो थियो छोरीको। विवाहभन्दा पहिल्यै मान्छे चिनियो।” भनेर बसे। अहिले पनि बहिनीको परिवार त्यै भनेर चित्त बुझाइरहेछ +
तर यति भन्दैमा यस्ता फ्रड केटा र यस्ता फ्रड परिवारलाई यति सजिलै उम्किन दिनु हाम्रो कायरता र गैर-जिम्मेवारी नहोला? विवाहको तैयारीको कुनैपनि चरणमा केटापक्षले सम्बंध तोड्न सक्ने खुला छूट भएको यो कस्तो विभेदपूर्ण व्यवस्था हो? यसको कुनै सामाजिक/कानूनी जवाफदेहिता हॅुंदैन? +
लानत छ यस्ता केटाहरुमाथि जो आज पनि रूढिवादी व्यवस्थाका समवाहक बनेर बसेका छन्। र सॅंगसॅंगै सलाम छ यसै समाजका ती नगन्य प्रगतिशील केटाहरुलाई जो परिवार, समाज र यस रूढिवादको विरुद्ध गई जीवनसंगिनीको निकटतम मित्र र सहयात्री बन्छन्। +
सलाम छ पहाडी समाजको केटी माग्ने चलनलाई। पितृसत्तात्मक समाजको लागि पहाडकै चलन उपयुक्त हो। उहिल्यै सीतालाई माग्न दर्जनौं राजा-रजौटा आएको मिथिलामा अहिले सीता नै घरघर गई ठक्कर खाने प्रचलन कहिले र कसरी आयो, राम जानुन्! +
यस घटनाबारे सामाजिक संजालमा लेख्ने अनुमति बहिनी, उसका अभिभावक र केटापक्षसॅंग पनि लिइसकेको छु।केटापक्षले शायद घरकी छोरीको नीजि जिवन चौतर्फी चर्चा हुने, बदनामी हुने डरले यिनले के नै लेख्लान् र भन्नी सोचेर अनुमति दिएको हुनसक्छ। यसै डरले त यस्ता अन्यायले प्रश्रय पाउॅंछन्। +
मेरो अपेक्षा छ तपाईं जोसुकैसॅंग पनि यस्ता घटना घटिरहेको छ, त्यसलाई नडराई उजागर गर्नुस्। ईज्जत जानलाई केवल केटीको र उसको परिवारको ईज्जत हॅुंदैन, केटा र उसको परिवारको पनि उति नै हुन्छ। ‘विक्टिम शेमिंग’ गर्ने यस समाजलाई अब पीडकको सातो लिन सिकाउनुपर्छ। +
यस घटनामा चर्चा भएको केटा सप्तरी मैनाकडरी घर भई ग्रामथान गाउॅंपालिका, तेतरिया, मोरंगको स्वास्थ्य साखामा कार्यरत एकजना झा जीको छोरा हुन्, जो अहिले बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा एम डी इंटरनल मेडिसिन पढ्दै छन्। +
प्रबुद्ध वर्गको मुकुन्डो ओढेको यस फ्रड परिवारलाई तस्विरसहित उदांगो पार्ने अनुमति
म नेपाल प्रहरी @NepalPoliceHQ , सम्पूर्ण महिला अधिकारकर्मी, सबै स्टेकहोल्डर र तपाईं सम्पूर्ण पाठकहरुसॅंग चाहन्छु। +
म नेपाल प्रहरी @NepalPoliceHQ , सम्पूर्ण महिला अधिकारकर्मी, सबै स्टेकहोल्डर र तपाईं सम्पूर्ण पाठकहरुसॅंग चाहन्छु। +
एकैदिनमा २-३ जना केटीपक्षलाई घरैमा बोलाई सबैसॅंग नगद जम्मा गरी छोराको व्यापार गर्ने यी र यस्ता फ्रडलाई सबैले उदांगो गरी सामाजिक बहिस्कार गर्नैपर्छ, र विवाहको नाममा चल्दै आएको यस्तो कुरीतिलाई पनि निर्मूल पार्नैपर्छ।
धन्यवाद!
धन्यवाद!