हिन्दू धर्मले भेदभाव गऱ्यो, हेप्यो, नराम्रा चलन चलायो भन्नेहरूलाई केही भन्न मन लाग्यो।
अहिलेसम्म हिन्दू धर्मका कतिवटा ग्रन्थ पढ्नुभो?
नराम्रा कुराको विश्लेषण गरिरहँदा धर्मग्रन्थमा भएका कतिवटा राम्रा कुराको पालना गर्नुभयो र यो भएन र त्यो भएन भन्दै हिँड्न?
अहिलेसम्म हिन्दू धर्मका कतिवटा ग्रन्थ पढ्नुभो?
नराम्रा कुराको विश्लेषण गरिरहँदा धर्मग्रन्थमा भएका कतिवटा राम्रा कुराको पालना गर्नुभयो र यो भएन र त्यो भएन भन्दै हिँड्न?
मार्क्सवाद बुझ्न र त्यसको विरोध गर्न त्यसलाई भलिभाँती जान्नु आवश्यक छ। त्यसै गरी कुनै शास्त्रमाथी विश्लेषण गर्न त्यो कुन कालमा लेखिएको थियो? त्यो लेखिँदा कस्तो परिस्थिति थियो? जान्न जरूरी हुँदैन र? शास्त्रको विरोध गर्ने त्यो पनि अर्काले त्यो शास्त्रमाथि लेख्दिएको उसको विचार पढेर।
‘मनुस्मृतिमा यस्तो भनिएको छ भनेर यो देशका विश्वचर्चित लेखक ...ले लेखेका छन्।’ अर्काले पढेर गरेको विश्लेषणलाई पढेर अनि उसैको कुरोलाई यता ल्याएर यसो भएन र उसो भएन भन्नु कत्तिको जायज हो? अर्काको चस्माबाट हेर्दा पावरको गडबडीले आफ्मो आँखा झन् बिग्रन सक्छ भन्ने सोच्नुपर्छ कि पर्दैन?
पश्चिमेली देशमा भएका चाहीँ सबै कुरा हामीलाई पाच्य हुन्छन्? हीम्रा नजरबाट हेर्दा उनीहरूका कुरा केही अजीव लाग्न सक्छन् र उनीहरूले हेर्दा हाम्रा कुरा अपाच्य लाग्न सक्छन्। त्यसो भन्दैमा अरूले गरेको र भेनको सबै सोह्रै आना ठिक अनि आफ्नोमा भएको चाहीँ बेठीक?
ग्रन्थ परिमार्जन गरिनु हुँदैन। यो पहिचान हो। तर नराम्रा पाटोको विषयमा परिचर्चा गरिरहँदा राम्रा पाटाका बारेमा चाहीँ उसले कति बुझ्यो त? भेदभाव हुनुहुँदैन यसमा म पनि सहमत तर समाज एकजनाको संघर्षले मात्र बनेको हुँदैन। आजको समाज बन्न कयौं वर्ष लागेको छ त्यसैगरी मानिसमा चेतनाको स्तर+
वृद्धि हुन पनि त आजको भोली त नहोला नि?
मेरा बा बुढा भए, मुखबाट कफ निस्कन थाल्यो, दिसा-पिशाव गरेको पत्तो हुँदैन भने मैले मेरा बालाई ‘बा तपाईं बुढो हुनुभो। तपाईंमा विकारहरू देखिन थाले। तपाईंलाई अब फेर्नुपऱ्यो’ भन्न मिल्छ? संस्कृतमा संसारको परिभाषा गर्दा ‘सं सरति इति संसार’*
मेरा बा बुढा भए, मुखबाट कफ निस्कन थाल्यो, दिसा-पिशाव गरेको पत्तो हुँदैन भने मैले मेरा बालाई ‘बा तपाईं बुढो हुनुभो। तपाईंमा विकारहरू देखिन थाले। तपाईंलाई अब फेर्नुपऱ्यो’ भन्न मिल्छ? संस्कृतमा संसारको परिभाषा गर्दा ‘सं सरति इति संसार’*
भनेर गरिएको छ। जो परिवर्तन हुन्छ त्यो नै संसार हो। प्रकृतिका सबै कुरा परिवर्तनशील छन्। विचार पनि परिवर्तन हुँदै नयाँ विचार जन्मदै जन्मदै जाने हो। त्यसो भन्दैमा नयाँ केही कुरा आयो भने पुरानो च्यात्दै जाने हो? आजका रम्रा कुरा भोली नराम्रो लाग्न सक्दैनन् र?
नारीलाई शास्त्रले हेपेको छ भन्दै गर्दा नारीलाई देवी मानेको कुरा स्वीकार्न किन गाह्रो हामीलाई? आदर्शमा देवी मान्ने अनि यथार्थमा दास भनेको पनि सुन्ने गरिन्छ- शास्त्रमा लेखिएका कुरा कसैले पालना गर्दैन भने त्यसमा शास्त्रको के दोष?
किताबमा चुरोट खानु हुँदैन लेखेको छ तर मान्छे खान्छ भने त्यसमा किताब कसरी दोषी हुन्छ? त्यो त त्यो किताबमा भएको कुरा नबुझी चुरोट खाने दोषी होला नि? कसैले केही कुरा गरे ‘स्वस्थानी’मा यसो भनिएको छ र उसो भनिएको छ भन्नेहरु अधिक छन् किनकी प्राय:का घरमा पढिने त्यही एउटा ग्रन्थ हो।+
कुनै लेखकले कुनै शास्त्र पढेर उसले त्यसभित्र भएका पात्रलाई लेखकले आफ्नो तरिकाले प्रस्तुत गरेर आफ्नो कृति निकाल्छ भने त्यो पढेर शास्त्रलाई थुक्नु कत्तिको जायज हो?
सीतालाई हेपे, अग्निपरीक्षा दिनुपऱ्यो भन्ने कतिले रामायण बुझेर पढेको छ? यीमध्ये कतिलाई छाया सीताको बारेमा उल्लेख गरिएका कुराहरू पूर्णत: थाहा छ? आजकलका सोच ‘राम-सीता जंगल जाँदा लक्ष्मण पनि गए भने लक्ष्मण भाउजुप्रति आकर्षित रहेछनि भन्ने जमातले राम-लक्ष्मणबीचको भ्रातृत्व किन देख्दैन?
कतै बलात्कार भयो भने ‘शास्त्रले सेक्स ट्याबुको रूपमा हेऱ्यो, खुलेर बाँच्न दिएन त्यसैले बलात्कारका घटना बढे’भन्ने जमात धेरै छन् अचेल। कुनै कुरा संयमताका साथ गर भन्नु ट्याबु हो? अनि खुलेर बाँच्न दिनका लागि के लेखिनुपर्ने हो खासमा? बलात्कार गर्ने सबैले शास्त्र पढ्छन् लाग्छ तपाईंलाई?
शास्त्रले मर्यदित बन्न सिकाउँछ। मर्यादामा रहनु नै खुलेर ज्युन नसक्नु हो, यो नै ट्याबु हो भन्नेहरूका लागि यस्तो लाग्नु स्वभाविक हो। सीता, द्रौपदीका बारेमा वकालत गर्ने कथित महिला अधिकारकर्मीहरूले रामायण र महाभारतमा कसका लागि युद्ध लडियो भन्ने कुरा किन बुझ्दैन/पढ्दैन?
तपाईंको बारेमा जान्नका लागि तपाईंसँग संगत गर्ने कि तपाईंका बारेमा दुनियाले के भन्छ? त्यसको पछि कुद्ने? ‘अस्ति कान्तिपुरमा एउटा लेख आएको थियो- वर्णव्यवस्थामा ... योनीमाथिको अंकुश’ भन्ने। त्यहाँ ल्याइएका अधिकांश रिफरेन्सहरू अंग्रेज लेखकले लेखेका किताबबाट उद्धृत गरिएका थिए।+
विरोध गर्नु छ वर्णव्यवस्थाको, विरोध गर्नु छ त्यसले योनीमाथि लगाएको अंकुशको अनि रिफरेन्स चाहीँ ‘वर्णव्यवस्थाले यस्तो भनेको छ भनेर यी लेखकले लेखेका छन्’ यो लेखिरहँदा अन्तिममा ‘यी यी पुस्तकमा वर्णव्यवस्थाका बारेमा लेखिएका केही अंश नेपालीमा अनुवाद गरिएका हुन्। मैले चाहीँ पढेको छैन’ +
भनेर किन्न भन्न डराउने? काशी जाने कुत्तीको बाटो भन्याजस्तो भएन यो? आफू कस्तो छु भन्ने पहिला आफ्नो अध्ययन गर्ने कि ‘यसले मलाई खतम भन्यो। त्यसैले म त खत्तमै रैचु यार’ भन्दै हिँड्ने? कागले कान लग्यो भनेर आफ्नो कान नछामी कागका पछि दौडिने अनि ठूला कुरा गर्ने?
शास्त्रको कुरा मलाई चित्त बुझ्यो मैले मानेँ। चित्त बुझ्दैन भने नमाने भयो त। बेक्कारको गनगन किन? शास्त्रले भनेका कुरा समयाननकूल नहुन सक्छन् त्यसलाई व्यवहारमा परिवर्तन गर्दै लैजाने हो। शास्त्र परिमार्जन गर्दा चेतनामा आधुनिकीकरण भरिन्छजस्तो लाग्छ भने पाटनभन्दा राँची जानु उचित हो।
बेलुनमाथि बस्या छ। अर्काले उडाउदिएको भरमा उड्या छ। कुनबेलामा एउडो स्यानू काँडोले घोचेर बेलुन फुट्ने हो र खँदारिनुपर्ने हो थाहा छैन अनि फ्याउराको जस्तो फ्याउ फ्याउ, यो भएन र त्यो भएन भन्दै।
बुझेर/पढेर गरिएका विरोध अर्कै किसिमका हुन्छन्।अर्काले विरोध गर्दियो अनि मैले नि गरेँ किनकी त्यो मान्छे कथित आधुनिक देशमा हुर्किएको हो। त्यसैले उसले भनेका सबै ठीक हुन्। भन्नेहरू हुन् नचाहिँदो कुरामा बखेडा झिक्ने।
महिलालाई देवी मान्यो भने ‘अत्याचार भो, मानव अधिकारको हनन भो। उसलाई अर्कै विषयमा रहर हुँदो हो।’ भन्ने अनि कतै बुढोले बढी कुटे भने ‘शास्त्रै यस्तो छ। हिन्दू धर्मले नारीलाई हेप्यो। भन्नेबेलामा देवी भन्ने व्यवहारमा यस्तो’ भन्ने डबल स्ट्यान्डर्ड भएकाहरू चैं साँच्चै राँची जाओ यार।
यो पढिरहँदा कतिलाई लाग्न सक्छ ‘मैले प्रकट गरेको शंकाको निवारणको लागि फलानो ग्रन्थमा लेखिएको छ यो पढ् भनेर भन्न सक्छन् त यो थ्रेड बनाउनेले?’ भन्ने आशंका आउला। यो स्वभाविक पनि हो। भोक लाग्नेका अगाडि खाना प्रशस्तै छन् तर पनि ‘तँ यो नै खा’ भनेर भनिरहनुपर्दैन। श्रुति, स्मृति, पुराण+
आदि पढ्न सकिन्छ। अब कसको मनमा के के शंका छ सबै खोतल्दै यो शंकाका लागि यो किताब पढ। यसका लागि यो पढ भन्दे भन्नु फगत एउटा तर्कले जित्न खोज्ने उपाय हो। जिज्ञासुले बुझ्नका लागि खोजेर भए पनि पढ्छ। कुनै कुराको टुप्पो जान्नका लागि हरेक त्यसका हरेक हाँगा हुँदै जानुपर्छ। एकैचोटी टुप्पोमा+
पुग्छु, मलाई टु्प्पो देखाइदे भनेर उफ्रिन थाल्यो भने भूईंमा बजारिनुको विकल्प हुँदैन। त्यसैले जिज्ञासा छ भने सबै ग्रन्थहरू बुझेर पढ्न अनुरोध। मैले चैं १ कक्षा पनि पढ्या छैन, तर मलाई पिएचडीको थेसिस पढ्न दे भन्नु के कसो हो आफैं बुझौँ।