केही दिनको जिल्ला बसाईको क्रममा के अनुभव गरियो भने प्रधानमन्त्री केपी शर्मा ओलीको जत्तिको मजबुत प्रपोगाण्डा संयन्त्र अरु नेताको छैन। सत्तामा बस्दाको फाईदा लिए होलान्। उनको पक्षमा मिल्दा-नमिल्दा, सान्दर्भिक-असान्दर्भिक र सत्य-असत्य सबै खालका हल्लाहरु मेरो गृह जिल्लामा पाएँ।
आम जनतामा उनले संसद विघटन गरेर सांसदको तलबभत्ताको पैसा जोगाएको तर्क सामान्यजनले सुनाए। यो तर्क फैलाउनमा स्थानीय तहका ओली समर्थक नेताहरु पनि संलग्न रहेको सुनियो। तर असमयमा निर्वाचन हुँदा कति आर्थिक भार पर्छ भन्ने तिनलाई थाहा छैन। चुनावको खर्चको पक्षलाई सकेसम्म लुकाउन खोजेको पाइयो।
नेपालीहरुको छिट्टै भुल्ने बानीको फाईदा उठाएको पाईयो। राप्रपासँग समेत तालमेल भएको र निर्वाचनमा माओवादी र एमाले मिलेर चुनाव उठेको तथ्यको बाबजुद तल्लो तहका नेकपा (अझै भनौं पूर्व एमाले) कार्यककर्तामाझ अघिल्लो चुनावमा जनताले केपी ओलीको नेतृत्वलाई बहुमत दिएको चर्चा व्यापक बनाइएको पाएँ।
बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएका नेतालाई आफ्नो गुटमै राखेर पनि गाउँगाउँमा बालुवाटार जग्गा प्रकरणमा माधव नेपाललाई दोषी करार गर्न उनी सफल देखियो। बालुवाटारको जमिन फिर्ता हुनै बाँकी भए पनि कार्यकर्ता तहमा जमिन फिर्ता आईसकेको हल्ला पाएँ। तर नेपाल ट्रस्टको जमिनको चर्चा छैन।
सुर्य चिन्ह ओलीले पाउँछन्। किन? कार्यकर्ता भन्छन्-उनी सरकारमा छन् त कसले पाउँछ? अदालतले ओलीको पक्षमा फैसला दिन्छ। किन? कार्यकर्ताको बुझाई -ओली सरकारमा छन् कुरा मिलाईहाल्छन्। आउने चुनाव उनले नै जित्छन्। किन? कार्यकर्ताको अनुभव -सरकारमा हुँदा प्रहरी परिचालन गरी धाँधली गर्न पाइन्छ।
You can follow @siromanid.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.