केहीदिन पहिला आएको एउटा लेख "आवश्यक छैन लकडाउनको तरवार" मा भारतको केरलाभन्दा नेपालमा कोभिडको अवस्था राम्रो भन्ने कुरोले मनमा धेरै जिज्ञासाहरु उब्जेको थियो।
दैनिक संक्रमित संख्याकै भरमा यो कुरो स्वीकार्नु भन्दा अलिक भित्री विश्लेषण गर्न मनलाग्यो र यो धागो लेखे।
दैनिक संक्रमित संख्याकै भरमा यो कुरो स्वीकार्नु भन्दा अलिक भित्री विश्लेषण गर्न मनलाग्यो र यो धागो लेखे।
सबभन्दा पहिला जनसंख्या हेर्दा २०११ को जनगणनाको आधारमा केरला (तीन करोड अड्चालिस लाख) र नेपालको (दुई करोड अस्सी लाख) जनसंख्यामा खासै फरक देखिन्न।
केरलामा पहिलो कोरोना केस ३० जनवरीमा र नेपालमा २३ जनवरीमा देखिएको थियो।
झस्स हेर्दा केरला र नेपालको दैनिक संक्रमणको ग्राफको ढांचा उस्ताउस्तै भएपनि केरलामा संक्रमितको परिणाम दोबर भन्दापनि धेरै छ।
झस्स हेर्दा केरला र नेपालको दैनिक संक्रमणको ग्राफको ढांचा उस्ताउस्तै भएपनि केरलामा संक्रमितको परिणाम दोबर भन्दापनि धेरै छ।
यस्तो किनभयो?
१.केरला मा कन्ट्याक्ट ट्रेसिङ ( तलको ग्राफ) र परीक्षण बृहत गरियो जसले गर्दा संक्रमणले उग्ररुप लिनपाएन।
नेपालमा सबभन्दा धेरै ५७४३ संक्रमण देखिँदा हामी २०००० परीक्षण गरेका थियौं भने सोहिदिन केरला ले ८३६९ संक्रमण देखिँदा ६२००० परीक्षण गर्दै थियो।

२. कन्ट्याक्ट ट्रेसिङ बाट सम्पर्कमा आएकाको अनिवार्य आईसोलेशन तथा क्वारेन्टीनमा राख्नु पर्थियो जुन हामीकहाँ संक्रमित बढेसँगै उल्टै न्यून हुँदै गयो।
केरलमा यति बृहत ट्रेसिङ, परीक्षण, क्वारेन्टीन अनि आइसोलेसन गरियोकी टेस्ट पोजिटिभिटी १५% माथि जानै दिएन, जबकि नेपालमा अहिलेकै समयमा १५% को हाराहारीमा रहेको छ।
संक्रमण नियन्त्रणमा आयो वा स्थिर छ भन्नको लागि परीक्षण/संक्रमण को अनुपात निरन्तर १०-३० को बीचमा हुन्नु पर्छ। केरलमा यो अनुपात अक्टोबर ताका १० भन्दा तल रहेपनि मध्य नोभेम्बर देखि १० माथिरहेको ले संक्रमण स्थिर भएको भन्न सकिएला तर नेपालमा यो सेप्टेम्बर देखिनै ५/६ को हाराहारीमा छ।
केरलमा मृत्यु दर ०.४ % रहेको छ भने हामीकहाँ ०.६९ % रहेको छ।
आइसीयु तथा भेन्टिलेटरमा भएको बिरामी तथा मृत्युको (सातदिने औसत) तुलनात्मक ग्राफ हेर्दा नेपालमा मृत्यु एकासी वृद्धि तथा गिरावट भएको देखिन्छ जबकि आइसीयु तथा भेन्टिलेटरका बिरामीमा एकरूपता देखिन्छ।
आइसीयु तथा भेन्टिलेटरमा भएको बिरामी तथा मृत्युको (सातदिने औसत) तुलनात्मक ग्राफ हेर्दा नेपालमा मृत्यु एकासी वृद्धि तथा गिरावट भएको देखिन्छ जबकि आइसीयु तथा भेन्टिलेटरका बिरामीमा एकरूपता देखिन्छ।
माथिकै जस्तै सक्रिय संक्रमित (सातदिने औसत) अनि मृत्युको (पन्द्रह दिने औसत) ग्राफ हेर्दा पनि देखिन्छ। नेपालमा सरकारले मृत्यु पछि पिसिआर परीक्षण गर्न बन्द गरेपछि यस्तो ट्रेन्ड देखिएको हो। यसले थुप्रै प्रश्न खडागरेको छ।
अन्त्यमा:
संक्रमण दर घट्दो देखिएपनि, अति नियुन् परीक्षण, सुन्य कन्ट्याक्ट ट्रेसिङ, लगभग सुन्य क्वारेन्टीन तथा आइसोलेशन को अवस्थामा दैनिक संक्रमित संख्यकै भरमा नेपालमा कोरोना महामारी नियन्त्रणमा आयो र अझै हामी केरला भन्दा राम्रो अवस्थामा छौं भन्ने गलत आश्वासनमा म चाहिँ बसिन्।