म पनि प्लेजरिजमको जल्दोबल्दो इस्युमा अलिकति अटेन्शन सिक गरौँ कि ? एउटा थ्रेड लेख्छु है । ;-)
IMO प्लेजरिजमको शंकामा कल आउट गर्नु राम्रो कुरा हो । दुबै लेख पढ्दा मलाई पनि के पनि लाग्छ भने चर्चामा आएको लेखमा केही असाबधानी भएको छ । दुई लेखमा प्रशस्त भिन्नता भए पनि केही पाराग्राफ अनुवादजस्तो देखिन्छ । लेखक, प्रकाशकले दुबै लेख दाँजेर लेखाइमा भएको असाबधानी छुट्ट्याउनुपर्थ्यो ।
बहसमा केही रोचक धारणा पनि आए । विशेष गरि @TashiTewa@inkthink ले यस विषयलाई लिएर आफ्ना असन्तुष्टि र विचार राम्रोसँग प्रस्तुत गर्नुभएको छ । मेरो विचारमा यस्ता अन्तर्क्रियाहरू हुनुपर्छ । सफा राजनीतिको अपेक्षा गर्ने हामीले आफूलाई पनि सफा राख्न आफ्ना मैलाहरूलाई चिन्न सक्नुपर्छ ।
तर के उक्त लेख प्लेजरिज्म नै थियो त ? त्यसमा देखिएको असाबधानी प्लेजरिजमको आरोपमा लेखक, प्रकाशकलाई दण्डसजाय तोक्न र ‘शेमिङ्’ गर्न पर्याप्त छन् ? IMO यो मुद्दालाई ट्विटरमा अभियान बनाउनेहरू यस प्रश्नमा गम्भीर भएनन् । उनीहरूको ध्यान लेखक, प्रकाशकसँग ‘रिस साँध्ने’मा केन्द्रीत देखियो ।
दुःखलाग्दो के भने “यस विषयमा मेरो पक्ष लिइनस् भने अरू विषयमा पनि बोल्ने तेरो अधिकार छैन” भन्ने तर्कबाट विगतमा जो पीडित थिए तिनैले यसपटक अरूका लागि यही तर्क प्रयोग गरे । उनीहरूलाई विषयवस्तुमा छलफल चाहिएन । उनीहरूले भनेको चोरलाई सबैले चोर भन्नुपर्ने भयो । चोर नभन्ने चोरै हुने भयो ।
प्लेजरिजममा सचेत हुनुपर्छ । तर, मैले अत्यन्त बौद्धिक र साहसिक ठानेका केही व्यक्ति यस मुद्धामा असंवेदनशील ‘नेमकलिङ्’ र गालीगलौजमा उत्रेको देख्दा भने दुःख लाग्यो । सामाजिक सञ्जालमा भएको फोहर उठाएर अरूलाई छेप्दा त्यसको मैलो आफैँतिर आउने हेक्का उनीहरूले गर्नुपर्थ्यो । गरेनन् ।
एउटा मानिसले आफ्नो विवेक र योग्यताअनुसार काम गरेको हुन्छ । एउटा गल्तीको आरोपमा उसमाथि अभद्र शैलीमा र व्यक्तिगत तहमा निरन्तर आक्रमण गर्ने काम राम्रो होइन । यसमा सम्बन्धित लेखक र प्रकाशक लगायत अरू केही मानिसहरूप्रति जसरी अभियानकै रूपमा आक्रमण गरिएको छ त्यो दुखद् छ ।
ट्विटर संसार होइन है । ट्विटरमा रहने, नरहने वा सक्रिय रहने नरहने आफ्नो चोइसको कुरा हो । ट्विटरमा नहुने मानिसको जीवन पनि पूर्ण हुन्छ । मलाई त ति मानिसहरूप्रति अझ ठूलो सम्मान छ जो ट्विटरमा छैनन् । त्यसैले, आफूले गरेका हरेक ट्विटमा अरूको अटेन्शन आवश्यक ठान्नु मेरो विचारमा सही होइन ।
मेरो थ्रेडमा अवश्य गालीगलौज, धम्की र नेमकलिङ् आउनेछन् । त्यो मलाई थाहा छ । मैले भनिसकेँ - म सबै आलोचना सुन्न तयार तर अमर्यादित टिप्पणी सुन्न अस्वीकार ! अमर्यादित ढङ्गले आएको फरक मत फरक मत होइन । त्यस्तो फरक मतको जवाफ माझी औंलाले मात्र दिनसक्छ ।
You can follow @sanpokh.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.