कुनै टेस्टको नाम थाहा छ भन्दैमा टेस्ट गर्ने होइन। टोलमा कसैलाई 'थाइराइड' भयो भन्दैमा तपाईलाई पनि हुने होइन।

खासमा "होल बडी" चेकअप भन्ने चिज हुँदैन।

बरु तपाई चिकित्सककोमा जानु भयो अनि उनले तपाईको शरिरको आवश्यकता र जोखिमको सम्भावना हेरेर टेस्ट गर्नु भन्नुलाई SCREENING भनिन्छ। ++
सबै समस्याको अचुक समाधान 'भिडियो एक्सरे' , 'CT-Scan' होइन।

बरु, जस्तै तपाईको पिसाबमा समस्या भए पहिले पिसाब जाचिन्छ। पिसाबमा समस्या देखे भिडियो एक्सरे लगायतका टेस्ट गर्न सुझाब दिईन्छ।

टाउको दुख्दैमा सिधै CT-Scan गर्नु पर्दैन।

2/n
बेला बेलामा प्रेशर नाप्ने, जोखिम अनुसार वर्षको एक-दुई पटक सुगर, कोलेस्ट्रल नाप्न सकिन्छ। वजन चेक गरिरहेनु पर्छ।
कुनै जोखिम भए १ पटक ECG गरेर राखेको राम्रो।
तर कम उमेरको मानिसले पनि छिन- छिनमा ECG, Echo गरिरहनु पर्दैन। 3/n
एउटा २२ बर्षे महिलाले कुनै लक्षण बिना थाइराइड जाँच्नु पर्दैन। तर उसले ' पाठेघरको मुख को जाँच' गर्नु जरूरी छ।

बिनाकारण Endoscopy गर्न खोज्नु भन्दा ,६० बर्ष पुगेको मानिसले एक पटक Colonscopy गर्नु जरूरी छ।
4/n
आफै अनावश्यक टेस्टहरु गर्दै 'मैले होल बडी चेक गरेको, म ठीक छु' भन्ने भ्रममा बस्नु भन्दा चिकित्सकको सल्लाह बमोजिम उमेर र जोखिम अनुसार जरूरी केहि सिमित स्क्रीनिंग ( Screening) टेस्ट गरेर समय र पैसा दुबैको वचत गरौ। 5/n
You can follow @sp_dr31.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.