तपाईहरुले सजिलै खाइरहेको केहि Antibiotic बारे :

१. ३ दिन-३ गोली Azithromycin खानु आजकल सामान्य भयो। तर यो औषधि खास गरि 'निमोनिया' भए मात्रै खाने हो। सामान्य ज्वरो आउँदा यत्तिकै खाइदिनाले, पछि साँच्चिकै गम्भीर संक्रमण हुँदा काम गर्दैन।
#AMR
२.Doxycycline भन्ने औषधि सामान्य अवस्थामा खाने होइन। सामान्य औषधिले ठीक नहुँदा, यसले हुन्छ कि भनेर चिकित्सकहरु यो औषधि दिन्छन्। यसको साइड इफ़ेक्ट धेरै छ। बच्चालाई त दिनु नै हुँदैन। गर्भवतीले खानु हुँदैन। गर्भ बस्ने सम्भावना भएकाले पनि खानु हुँदैन।
#side_effects
३.Ivermectin जुकाको औषधिका रूपमा प्रयोग हुन्छ।लुतो आएमा पनि दिन सकिन्छ। कोरोनामा काम गर्ने भनेर सुरुवाती दिनमा चर्चा भए पनि,आजकल होइन भन्ने प्रमाणित भईसक्यो।

४.मलेरियामा प्रयोग हुने HCQ ले केहि फाइदा गर्छ भनिन्छ। तर मुटुको चालमा गम्भीर गडबडी आउने कारण, यो आफै किनेर खानु हुँदैन।
५. पानीमा घुल्ने Vitamin (जस्तै Vit C) लगायतले खासै नकारात्मक असर गर्दैनन्। तर Zinc जस्ता खनिजहरूको अधिक सेवनले भने राम्रो गर्दैन। मात्रा मिलाएर खान आवश्यक छ।
६. आयुर्वेदिक औषधिको आफ्नै फाइदा छन्।तर सबै 'धूलो' 'चूर्ण' बेच्नेहरु बिज्ञान मान्ने 'डाक्टर' होइनन्।यत्तिकै बेचिने यस्ता औषधिमा 'स्टेरोइड' र 'धातु' को मात्रा धेरै हुन्छ, जसले मृगौला र कलेजोमा अधिक हानी गर्छ।
सम्बन्धित काउन्सिलमा दर्ता भएका चिकित्सकले दिएका औषधि मात्रै खाउ।
८.आजकल प्रयोग भैरहेका केहि औषधिको बारेमा यहाँ लेखिएको हो। सिटामोल, खोकिका औषधि लगायत प्राथमिक उपचारमा प्रयोग हुने औषधि बाहेक अधिकांश औषधि सेवन गर्दा स्वास्थ्यकर्मीको सल्लाह लिने गरौ।

#fighting_AMR
नोट: श्वास प्रश्वाससँग सम्बन्धित समस्यामा Azithromycin को प्रयोग ज्यादातर निमोनियामा नै हुन्छ।अन्य प्रणालीका अन्य रोगहरुमा पनि यसको प्रयोग हुन्छ।
तर सामान्य रुघा खोकिको औषधि यो हुँदै होइन !
You can follow @sp_dr31.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.