सिधा कुरा: यो बहस जरूरी थिएन।“पृथ्वी गोलो नै छैन” भन्दै हिँड्नेलाई airtime दिनु पर्दैन, चाहे जतिसुकै तर्क लिएर उसले हिँडोस्। बहस गर्नै परेको खण्डमा यस्ता बकवासलाई निसन्देह र स्पष्ट अस्वीकार गर्नुपर्ने थियो। रायमाझीजीका हावादारी तर्कका विश्लेषणको एक लहर। @AnupSubedee @smadixit
१+ https://twitter.com/theyatriji/status/1304791367130820608
वहाँको पहिलो तर्क: यो बर्षको विश्वभरिका मृत्युदर (excess mortality) कोरोना संर्कमणले बढाएकै छैन। सरासर् गलत। ईटालीमा मार्च र अप्रीलका मृत्युदर साविकभन्दा ५० र ३६ प्रतिशत बढी थियो। लोम्बार्डिया (संक्रमणको केन्र्दबिन्दु) मा मे सम्मपनि मात्रा कम भएपनि त्यहि प्रवृत्ति जारी थियो।
२+
अमेरीकामा पनि मार्चदेखि जुलाईसम्मको मृत्युदर साविकभन्दा २ लाख अधिक थियो।
३+

https://www.thelancet.com/journals/lancet/article/PIIS0140-6736(20)31865-1/fulltext

https://www.nytimes.com/interactive/2020/08/12/us/covid-deaths-us.html
यो तर्क यस किसिमले (“संसारभरीका”) पेश गर्नुमा छ वहाँको पहिलो चाल। कति देशले कोरोनालाई समयमै सहि नीति अपनाएर रोके, कति ठाउँमा त्यति धेरै फैलिएन। साँचो रूपले हेर्ने हो भने यो तथ्यांकलाई संसारभरी हैन धेरै फैलिएको ठाउँमा सीमित गर्नुपर्ने हुन्छ।
४+
वहाँको दोश्रो तर्क: कोरोनाले होईन, अन्य कुनै पूर्व अस्वस्थताले (co-morbidity) मारेको। यो पनि नचाहिने कुरा। सबैभन्दा नजीकको (proximal) कारणले मात्र व्याख्या गर्ने हो भने त सबै मृत्युको कारण मुटु बन्द भएर भन्नुपर्ने हुन्छ।मधुमेह, रक्तचाप, मृगौला का कारणले मान्छे मर्दैनन् उसोभे?
५+
यो तर्कमा पनि भित्रिएको छ अर्को चाल। पूर्व स्वास्थावस्थाले अवश्य पनि मृत्युदर फरक पार्छ। उमेरले पनि पार्छ। तर यस सत्यबाट शुरू गरेर “कोरोनाले अहिलेसम्म कसैलाई मारेकै छैन” सम्म पुर्याउन धुर्त्याईं नै चाहिन्छ।
६+
वहाँको तेश्रो तर्क: पीसीआर ६०-४०, विहान वेलुकीमै फरक हुन्छ, पत्याउन मिल्दैन। यो त झन् सरासर नचाहिने कुरा। वहाँले कति पीसीआर गर्नुभो थाहा छैन, तर बुझेको, गरेकोको कुरा सुन्नोस: पीसीआर एक आनुवांशिक तत्वको (genetic material) मात्रा बढाउने प्रविधि हो।
७+
कोरोना (SARS-CoV-2) निदानमा प्रयोग हुँदा पीसीआर कत्तिको उपयोगी छ त? उदाहरणको लागि मानौं कि एक गांठ परालबीच मात्र एउटा सीयो छ। सीयोमा आधारित पीसीआरको प्रयोगपश्चात यस प्रविधिले हजारौं सीयो बनाईदिन्छ र हेर्नेले “यस गांठभित्र सीयो रैछनि त गांठे” सजिलै भन्न सक्छ।
८+
अब मानौं कि त्यो १ सीयो १० गांठ परालबीच छ। पीसीआरले पहिलेझैं सीयोलाई बढाउँछ, तर १० गुना परालमाझ भाको भएर सयौं मात्र उत्पादन गर्छ। हेर्नेले आँखा खुम्चाई पनि देख्छ। १०० गांठबीचको शायद देख्दैन र जबरजस्ती अड्कल गर्छ र “सीयो छ कि त?” भन्छ। हो, यसै सन्दर्भमा छ रायमाझीजीको अर्को चाल।
९+
नानाथरीका नौटंकी हिसाबमा गरेका पीसीआर टेस्टको आड लिएर पत्याउन हुँदैन भन्छन् उनी, तर खासमा पीसीआर सबैभन्दा sensitive टेस्टमध्ये हो र virus निदानमा प्रयोग हुने एक महत्वपूर्ण प्रविधि हो।
१०+
चैथो तर्क: आफ्नै स्वाधीनता (immunity) ले पुग्छ र अरू केहि गर्नै पर्दैन। यो कुरा पनि वाईह्यात हो र नबुझि गरिएको कुरा हो। यो रोगको लक्षणले के देखाएको छ भने यो virus ले कडा संक्रमितमा शुरूको antiviral immunity छलेर हप्ता-दश दिन पछि सिधा फोक्सोमा जान्छ (bilateral pneumonia)।
११+
फोक्सोमा फैले पश्चात सरीरको कडा स्वाधिनता रोक्नै नसक्ने अवस्थाले नै धेरैको मृत्यु भएको छ। यसमा पनि जोडिएको छ अर्को चाल: अत्याधिक संक्रमितले धेरै दु:ख नगरिनै ठीक भएका छन् त्यो अवश्य हो। तर यस सत्यबाट शुरू गर्दै “केहि गर्नै पर्दैन” भन्नु ठूलो चलखेल हो।
१२+
केहि नगरि के त २०% ८०+, १०% ६५+, ५% ५०+ आदि संक्रमितलाई मर्न दिने? पूर्व स्वास्थ्यावस्था परेकालाई भटाभट मर्न दिने?
१३+ https://ourworldindata.org/mortality-risk-covid
यो बहस विल्कुलै जरूरी थिएन। बहस नै गर्नुपर्ने भए बरू लकडाउनले के दु:ख पुर्याएको छ, कसरी टेस्ट बढाउन सकिएला, कसरी खुकुलो पार्दा उचित होला, कसरी मास्क लाउन र हुलमुल नगर्न सचेत पार्न सकिएला, आदि कुरामा गर्न सकिन्थ्यो। सत्य एकतर्फ, र अर्धसत्य र अल्पज्ञान अर्कोतिर राखेर होईन।
१४//
You can follow @mykrob.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.