@DibijayMahat जी, यो विषयमा अन्तिम पटक तपाईंसँग दिल खोलेर कुरा गर्नेछु। तपाईंको आफ्नो क्षेत्रको वैज्ञानिक दक्षता, सदाशय र विनयको प्रशंसक रहे पनि दिनदिनै तपाईंजस्ता आफैंले बुझ्नुपर्ने मान्छेहरूको लागि यस्ता लहरा लेखेर बस्ने समय यहाँ हामीलाई पटक्कै छैन, बुझिदिनुहोला। https://twitter.com/DigbijayMahat/status/1303134016162476033
तपाईंको बुझाइको समस्याको मूल चुरो मलाई के लाग्छ भने तपाईं एन्टिजेन टेस्ट नेपालले प्रयोग गर्ने नगर्ने भन्ने कुरो विशुद्ध वैज्ञानिक प्राज्ञिक बहस हो भन्ने ठान्नुहुन्छ। जुन गलत हो। मैले कराएको तपाईंका ट्विटमा उल्लिखित विज्ञान नबुझेर, बुझ पचाएर होला कि यहाँको व्यावहारिक पाटोले डराएर?
तपाईंले, मैले समर्थन वा विरोध गरेका हरेक इन्टरभेन्शन कुनै विश्वविद्यालयको प्रयोगशालामा वा निष्प्राण स्पेसमा लागु हुने वा नहुने होइनन्। ती हाम्रो समाजमा यसका जटीलता र स्वार्थका अन्तरविरोधहरूका बिच लागु हुने हुन्। हामीले भनेका कुरा त्यसैले राजनीतिबाट पृथक हुँदैनन्।
भियतनामले आफैं PCR किट बनायो, प्रयोग गर्यो। श्रीलङ्काले पनि PCRभन्दा अरू कुराको पछि लागेन। विश्वभर एन्टिबडी र एन्टिजेनका RDT को खोलो बगाइदिने चीन आफू भने PCR मात्रै गराउँछ।ती सबै देश सफल छन्। त्यहाँ विज्ञान मात्रले सफल भएको होइन, विज्ञानलाई राजनीतिले सही निर्देश र भरथेग गरेर हो।
तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ पनि एन्टिजेन टेस्टको कुरा किन आएको छ भने राज्यका मूल निकायहरूले PCR वा अन्य मलेक्युलर टेस्ट सर्वसुलभ गराउने गृहकार्य गरेनन्, महामारीलाई बेतोडले फैलिन दिए र पो वैज्ञानिकहरू अरू के गर्न सकिएला भनेर टाउको कन्याउँदै छन्। https://twitter.com/NewYorker/status/1301197785551826945
अहिलेसम्म कुनै देशले एन्टिजेन टेस्टको (PCRसँगै किन नहोस्) प्रयोगले सफलतासाथ महामारी नियन्त्रण गरेको तपाईंलाई थाहा छ? तर हामीलाई किन श्रीलङ्का वा भियतनामबारे चाहिं थाहा हुन्न? हामीले आफ्नो “वैज्ञानिकता”को समाजशास्त्रबारे आत्मसमीक्षा गरेनौं भने आफ्ना blind spots बारे थाहै पाइँदैन।
नेपालमा एन्टिजेन टेस्टको कुरा किन आइरहेको छ भने PCRलाई छिटो,सस्तो, छरितो,सर्वसुलभ बनाउने काम गर्न महिनौं हुँदा पनि त्यो गरिएन। हलो अड्काएर गोरू चुट्ने र फुत्काएर भगाइदिने प्रयास स्पष्ट छ। तपाईंहामीजस्ता जति धेरै “विज्ञ”को आशिर्वाद मिल्छ, त्यति नै सजिलो हुन्छ च्याँखे थाप्नेहरूलाई।
अब विज्ञानको कुरा। कुनै अमुक एन्टिजेन(Ag) टेस्टले “संक्रामक” भाइरल लोड भएका व्यक्तिको मात्र पहिचान गर्छ भन्ने कुनै अध्ययन छ भन्ने मेरो प्रश्न थियो।तपाईंले धेरै भाइरल लोड भए संक्रमण बढी फैलिन्छ (जुन बहसको विषय नै थिएन)भन्ने अध्ययन देखाउनुभयो। यो खोतल्ने रिसर्च डिजाइन कसरी मिल्दैन?
तपाईंले लक्षण भएकालाई मात्र Ag टेस्ट गरौं, र सिकिस्त भएको मेरो बिरामीलाई Agटेस्ट गरे भइहाल्छ नि भनेर एकदमै naively,क्लिनिकल र व्यावहारिक चुनौती पटक्कै नबुझेर भन्नुभएको छ। लक्षणका स्पेक्ट्रम हुन्छन्।शुरुमा ज्वरो <५०%मा हुन्छ।कतिलाई पखाला, आदि हुन्छ। के, कति लक्षण भए Ag जाँच गर्ने?
USAमा Agटेस्ट नै भए पनि गरौं भन्ने विज्ञले पनि बरू लक्षण नभएकामा चाहिं Agटेस्ट गरौं भन्छन्, लक्षण भएकामा हैन। मर्छु कि भनेर डराइरहेको बिरामीलाई PCRनै गर्न मिल्दा रु १-२हजार तिराएर ५०% गलत नतीजा हुन सक्ने,फल्स पोजिटिव पनि देखिन सक्ने Ag जाँच गराउनु अनैतिक हो https://blogs.jwatch.org/hiv-id-observations/index.php/relieving-the-covid-19-testing-logjam-by-separating-the-symptomatic-from-asymptomatic/2020/09/07/
अनि तपाईंलाई के लाग्छ, तपाईंले भनेजस्तै एउटा सीमित सेटिङमा मात्र Ag टेस्टको किटको प्रयोग गर्ने भनेरै सरकारले यी टेस्टका किट भित्र्याइसकेपछि genie त्यही बोतलमै खुम्चिएर बसिरहला? सरकारले नै RDT नगर्ने भनेका परिस्थितिमा पनि महिनौंसम्म तिनको प्रयोग भएको हैन?
तपाईंले “नम्बर क्रन्च” गरेको त झन् naive छ। तपाईंले यसरी हिसाब गर्नुभएको छ कि अस्पतालमा सबैले नै कोभिडका टिपिकल लक्षण लिएर आउँछन् र लक्षण हुनेमध्ये १००%लाई कोभिड नै भएको हुन्छ र अनि “९७% सेन्सिटिभिटि” भएको एन्टिजेन टेस्टले सबै पत्ता लगाइहाल्छ नि।

कुनै किटको प्याकेज इन्सर्टमा लेखिएको सेन्सिटिभिटी र स्पेसिफिसिटी क्लिनिकल सेटिङमा कहिल्यै मिल्दैन।बदनाम भएका Wondfo कम्पनीका RDT किटको प्याकेज इन्सर्टमा पनि त्यस्तै इम्प्रेसिभ दावी थियो।फ्लुका Agजाँचका बारेमा पनि त्यस्तै दावी हुन्छन् – व्यवहारमा ५०-६०% मात्र सेन्सिटिभिटी देखिन्छ।
समुदायमा कोभिडको prevalence अनुसार अस्पतालमा लक्षण नै लिएर आउने आधा वा बढीलाई अरू समस्या हुन सक्छन्. तर तिनको निधारमा लेखिएको हुँदैन, कसलाई कोभिड छ र कसलाई छैन भनेर। त्यसमा ३% कोभिड नभएकालाई Ag जाँच पोजिटिव देखिनेछ। तिनलाई कोभिड वार्डमा भर्ना गर्दा परिणतिको जिम्मेवारी कसले लिने?
अनि ४०-५०% कोभिड हुनेलाई पनि नेगेटिव देखिनेछ।नतीजा नेगेटिव आएर कतिमा फेरि PCR गर्नुपर्ने भयो, खर्च र समयको खति, जीवनरक्षक औषधी शुरु गर्न भएको ढिलाइ र त्यसबाट संभावित परिणतिको हिसाब आफैं गर्नुहोला।Ag टेस्ट पोजिटिव आएकामा पनि फल्स पोजिटिवको संभावनाले औषधी सुरु गर्न PCRनै चाहिन्छ
अहिले सरकारले बाटो खोलिदिन लागेको Ag टेस्टभन्दा बढी भरपर्दा यस्ता मोलिक्युलर टेस्ट यहाँ सस्तोमा उपलब्ध हुने हो भने कसले विरोध गर्छ र? तर मलाई ट्याग गरेर यही टेस्टको समाचार पठाउनेहरूले गुगल गरेजस्तो चाँडो र सजिलोसँग र निःशुल्क नेपालमा यो आउनेछैन। के गर्ने?
मेरो अनुरोध, (सायद) नन-मेडिकल ल्याबमा काम गर्ने तपाईंजस्ता वैज्ञानिक, वा मेडिकल ल्याबमै काम गरे पनि क्लिनिकल सेटिङ वा जनस्वास्थ्यका चुनौती भुत्लोभाङ नबुझ्ने र आफूलाई के थाहा छैन भन्ने पनि पटक्कै हेक्कै नभएका तर सबैतिर गुड्डी हाँक्दै हिंड्ने वैज्ञानिकहरूले के सम्झिदिनुपर्छ भने...
यो देशमा मास्क लगाउनुपर्दैन, महामारी हौवा मात्र हो भन्नेलाई पनि विज्ञलाई जस्तै deference दिइँदैछ भने तपाईंजस्ता वैज्ञानिकका कुरा सुनेर मान्छेले पत्याउनेछन् नै।तपाईंका सदाशयी तर misinformed जिकिरहरूलाई बिचौलियाले त cash गर्नेछन् नै।
तर Ag टेस्टका समस्याले गराउने कन्फ्युजन, निराशा, र कन्स्पिरेशी-थ्योरीवालाहरूले पाउने प्रोत्साहनको जिम्मा कसले लिने? अझै सबैको प्रयासले महामारी नियन्त्रण गर्ने कुनै अवसरको सानो "विन्डो" बाँकी रहेछ र यतातिर बरालिंदा त्यो पनि गुम्यो भने यो गरीब देशका नागरिकले झन धेरै दुःख पाउनेछन्।