जमीन 'कमोडिटी' हो कि 'मानव अधिकार' भनेर सधैं बहस हुँदै आएको छ । 'कमोडिटी' नै ठहर्याउने हो भने पनि नियमनविनाको वस्तु भने पक्कै होइन् ।
जमीन दलालले मुख बोलीले सट्टेबाजीको माध्यम बनाउने चिज होइन । न, धन हुनेले असीमित हडपेर राख्ने साधन हो । +

देशमा करिब ५५ लाख परिवार छन्, करिब २० प्रतिशतसँग जग्गाको स्वामित्व छैन, तर जग्गा ३ करोड ६० लाख कित्ताभन्दा बढीमा बाँडिएको छ ।
यसको मूल कारण- जग्गालाई सट्टेबाजीको माध्यम बनाइनु ।
आवश्यकताभन्दा बढी र धेरै ठाउँमा घरजग्गा अोगट्ने प्रवृत्तिलाई निरूत्साहित गर्न कर ह्वात्तै बढाइन्छ +

जनताको आवासको अधिकारप्रति उत्तरदायी सरकारहरूले जग्गाको कृत्रिम मूल्य बढ्न नदिन त्यही गर्छन् । जस्तो, द कोरियाले केही समयअघि मात्र बढी घरजग्गा राख्नेको कर कयौ गुणा बढाइदिएको छ ।
नेपालमा जग्गाको नियमन गरिदैन । जग्गाको मूल्य दलालले तय गर्छन्, व्यवस्थित कम्पनी छैनन् +

सरकारले कर पाउँदैन, तर दलाल मालामाल हुन्छन् ।
मन्त्री, सांसद,मन्त्रीका पति-पत्नि छद्म रूपमा जग्गा दलाल छन् ।त्यसैले, नीतिगत व्यवस्था उनीहरूको स्वार्थ रक्षाका लागि आउने गर्छ ।नियमन गरिदैन ।
ठेकेदारले मोबिलाइजेसनका रूपमा सरकारसँग लिएको रकम पूर्वाधार बनाउनुको साटो जग्गामा हाल्छन्+

र, पूर्वाधार आयोजना दशकौंसम्म अड्किन्छन् ।
जग्गाको मूल्य निश्चय पनि बजारले तोक्ने हो । तर, कृषि गर्न भनेर व्यापारीले लिएको ऋणपनि जग्गा थुपार्न, ब्यांकको ठूलो धन पनि जग्गामा खन्याउने, दलालले मुख बोलीमा सट्टेबाजी गर्ने प्रवृत्तिले जग्गाको कृत्रिम मूल्य बढाउँछ । +

त्यसैकारण, यो भनिन्छ कि, काठमाडौं र बाहिरका शहरमा ठिकै सुविधाका घर बेचेर आएको रकमले अमेरिकासहितका देशका शहरमा घर किन्न पुग्छ ।
घरजग्गाले दिने व्यवसायिक प्रतिफल उही रहने तर, घरजग्गाको मूल्य आकाशिने कसरी स्वभाविक हुनसक्छ ?

यस्तो दुश्चक्र तोड्न कोही तयार छैन, खासगरी नीतिनिर्माता । किनभने कयौं स्थानमा घरजग्गा थुपारेका उनीहरूलाई जग्गाको नियमन गर्नुमा फाइदा छैन, घाटा छ ।
र, यो दुश्चक्रका कारण समग्र अर्थतन्त्रकै अधिक मूल्यवृद्धि भइरहेको छ, धान्नै नसक्ने गरि ।