नेवाः जनबिब्रोले "ट" भन्छ कि "त" भन्छ भन्ने प्रश्न नै अर्थहीन र खस-आर्य केन्द्रित मानसिकताका उपज हो। नेपाली भाषा, वा हामीले खय् भाय् अथवा पर्त्या खाँ भनेर चिन्ने भाषामा "ट" र "त" दुई फरक वर्ण र फरक उच्चरण हुन्छ भन्दैमा नेपालको सबै समुदायले त्यसरी बोल्छ भनेर सोच्नु नै गलत हो ।
नेपाली भाषामा 'ट, ठ, ड, ढ' Plosive Retroflex स्वर हो भने 'त, थ, द, ध' Plosive Dental स्वर हो। नेपालभाषा हिज्जे अनुसार हामी 'त, थ, द, ध' वर्णहरूको प्रयोग गर्छौँ । नेवाः जनजिब्रोमा यो वर्णहरू Alveolar stop को रूपमा उच्चरण गरिन्छ।
त्यसैले नेपालभाषाको "त" र खस-आर्यहरूले बोल्ने "त" वा "ट" दुबै सँग Phonological रूपमा मेल खाँदैन। यसरी भन्ने हो भने नेवाः जनजिब्रोमा उच्चरण हुने 'अय्, एय्, आय्' वर्णहरू नेपाली भाषामा छैन । अङ्ग्रेजीको Apple मा a अक्षर उच्चरण भए जस्तैजस्तै नेपालभाषामा 'आय्' उच्चरण हुन्छ ।
त्यसैले नेपालीमा Canada लेख्दा सुरुको Ca लाई 'क्या' लेख्छ भने नेपालभाषामा 'काय्' जसको ठीक उच्चरण अङ्ग्रेजीसँग मेल खान जान्छ । नेपाली भाषामा 'अ' र 'आ' भन्ने वर्ण एउटा एउटा मात्र हुन्छ, नेपालभाषामा 'अ' र 'आ' पनि ह्रस्व र दीर्घ हुन्छ र त्यो दीर्घ लिफुति (विसर्ग) चिन्हले जनाउँछ ।
नेपालीमा 'अः' भनेको 'अह्' हो, नेपालभाषामा 'अः' भनेको दीर्घ 'अ' हो । नेपालीमा आः भन्ने वर्ण हुँदैन त्यसैले संखधर साख्वाःलाई साख्वा लेख्दिन्छ । नेपाली भाषामा 'अं' भनेको 'अम्' हो । नेपालभाषामा 'अं' भनेको 'अँ'को दीर्घ हो ।
त्यसै गरी खस-आर्य मातृभाषीहरूले म, न, न्य अक्षरको महाप्राण म्ह, न्ह, न्ह्य, इत्यादी उच्चरण गर्न नसकेर म्ह पुजालाई म पुजा / मह पुजा अझ सक्दै नसकेर पुनःन्वारण गरी आत्मपुजा समेत भनेको, न्ह्यू बज्राचार्यलाई न्यू बज्राचार्य भनेको पनि सुनेको छ ।
नेपाली भाषामा "है" को उच्चारण र हिन्दी भाषामा 'है" को उच्चारण पनि फरक छ । त्यसै गरी तामाङ भाषा Tonal Language हो। तामाङ भाषामा स्वर माथी उकालेर "ङ" भन्नु र स्वर तल ओरालेर "ङ" भन्नुको दुई फरक अर्थ लाग्छ। नेपालको जतिवटा भाषा भाषीहरू छन् सबैको आफ्नै छुट्टै प्रकारको accent, phonology
र बोल्ने तरिका हुन्छ। यी भाषाहरूको वर्णविन्यास नै भिन्न हुन्छ। नेपाल विविधताको देश हो भन्ने सत्यतामा यसो basic कुराहरू बारे आफूले नि ज्ञान लिनुपर्छ। संसारको विभिन्न भाषाहरूको आफ्नै प्रकृति हुन्छ। यसैको आधारमा उनीहरूको बोल्ने शैली, लवज निर्धारण हुन्छ।
मेरो भाषामा यस्तो छ अर्काको भाषामा किन छैन, मेरो समाजले यसरी बोल्छ, अरुले किन बोलिदिँदैन भनेर कसैलाई जिस्क्याउनु bullying गर्नु वा होच्याउनु विभेदकारी मानसिकता हो। #OwnYourNewaAccent #थ्व_जिगू_न्वपहः