पाइथागोरस साध्य पाइथागोरस (ईपू ५७०-४९५) आफैंले सिद्ध गरेको भन्नेमा साँच्चिकै शंका छ । पछि युक्लिडले (लगभग ईपू ३००) तिर आफ्नो पुस्तक एलिमेण्टमा यसको प्रमाणहरु दिएका छन् । यो गणितको तथ्यको ज्ञान झन्नै २००० ईपू तिर बेबिलोनियनहरुलाई थाहा थियो भन्ने कुरा
त्यहाँ भेटिएका चारवटा ट्याब्लेटहरु बाट प्रष्टिएको छ । भारत बर्षमा यसको ज्ञान ईपू ८०० - ६०० तिर थियो भन्ने शुल्ब सुत्रमा उल्लेख भएकोले देखिन्छ । चीनमा त्यहाँका प्रसिद्ध गणितज्ञ लिउ हुइले (ई २२५ - २९५) एक वैकल्पिक प्रमाण दिएका थिए ।
प्राचिन इजिप्टियनहरुलाई यसको ज्ञान थियो। सिन्धघाटीको सभ्यतामा यसको ज्ञान हुनुपर्छ । अर्थात् लगभग हरेक प्राचिन संस्कृति मा यसको ज्ञान थियो - साध्य भनेर प्रमाण कै कुरा नभए पनि । यो भिडियो मा हेर्नुस (तर पाइथगोरसको आफ्नै प्रमाण भन्नेमा शंका चाहिं छ) :
You can follow @SolDhunga.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.