काठमाडौं उपत्यकाका "विभिन्न ठाउँ"बाट ४८०० जनाको पिसिआर स्वाब परीक्षण गर्दा ३ जनालाई मात्र पोजिटिव देखियो रे, त्यसैले समुदायमा फैलेको छैन भन्ने निष्कर्षयुक्त समाचार पढ्दा मलाई दिक्क लागेका कुरा यो लहरोमा राख्छु। ....१/८ https://www.nayapatrikadaily.com/news-details/47467/2020-07-18
४८००मा ३ जना अर्थात ०.०६%।अघिल्लो जनगणनाले भनेको उपत्यकाको जनसंख्या २६लाखमा त्यही दरले १५६० जना PCR पोजिटिव हुने रहेछन्।कतिपयमा संक्रमण निको भएपछि पनि PCR पोजिटिव हुन सक्छ। ल मानौं १५६०को दुई तिहाई संक्रमण सार्न नसक्ने भैसके। ५००लाई त यो क्षणमै सर्न सक्ने सक्रिय संक्रमण होला! २/८
कुन कुन समूहमा परीक्षण भए खुलेको छैन। तर स्पष्ट छ, पत्ता लागिसकेका, हालअस्पतालमा रहेका त यसमा गनिएका छैनन्। स्वास्थ्यकर्मी, विदेशबाट भर्खर फर्केका वा तिनका सम्पर्कमा आएका पनि समेटिने गरेर जाँचे ५००० मा ३-४ जनाभन्दा धेरै गुणा बढी पोजिटिव भेटिएलान् भन्ने पनि अनुमान गर्न सकिन्छ। ३/८
बेलायतमा वैशाखको मध्यतिर गरिएको यस्तै सर्भेमा ०.२४% पोजिटिव देखिएको रहेछ, जुन हाम्रो ०.०६% भन्दा ४ गुणा बढी छ। सर्भे छापिएको दिन मे ९मा त्यहाँ झन्डै २लाख संक्रमित हुँदा, दैनिक ४०००-५००० संक्रमित भेटिने महामारीको शिखर-विन्दुको बेला समुदाय दर ०.२४% रहेछ। ४/८
https://www.ons.gov.uk/peoplepopulationandcommunity/healthandsocialcare/conditionsanddiseases/bulletins/coronaviruscovid19infectionsurvey/england10may2020
https://www.ons.gov.uk/peoplepopulationandcommunity/healthandsocialcare/conditionsanddiseases/bulletins/coronaviruscovid19infectionsurvey/england10may2020
थोरै मात्र तथ्यांकशास्त्र बुझ्नेले पनि औंल्याउन सक्छन्, एकदम सानो संख्याका तथ्यांकमा ठूला गल्ती हुन सक्छन्। PCR मा फल्स पोजिटिव प्रायः हुँदैन नै, तर स्वाब लिएको नमिल्दा वा अन्य कारणले फल्स नेगेटिव हुने राम्रै संभावना छ। त्यसैले ३ र ०.०६% को ठाउँमा ६ र ०.१२% सजिलै हुनसक्छ। ५/८
फेरि, ३ मध्ये २जनामा नेपाल पसेको १ महिना भइसकेपछि PCR पोजिटिव देखियो भने विदेशबाटै आयातीत संक्रमण हो भनिहाल्न मिल्ला? हो नेपाल पसेको १-२ हप्तामै जाँच गरिएको थियो, त्यसबेला पनि पोजिटिव नै थियो, वा नेपाल पसेको १४ दिनभित्रै लक्षण देखिएको थियो भने पो त्यो निष्कर्षमा पुग्न मिल्ला। ६/८
यदि त्यस्तो होइन भने कहाँबाट सर्यो ती ३ जनालाई संक्रमण? लौ सरकारकै निष्कर्ष ठिक हो रे, २ जनामा आयातीतै हो रे। त्यसो भए सरकारको विदेशबाट आउनेलाई PCR परीक्षण नगर्ने नीतिबाट खतरा पो देखियो कि? अनि तेस्रो व्यक्तिलाई त यहीं भित्रबाटै फैलेको होला नि। आँकडा लिने मात्र कि सिक्ने पनि?७/८
संक्रमण नेपालमा आफैं घट्दै छ छैन, समुदायमा फैलेको छ छैन, अब तपाईं नै भन्नुहोस्। सरकारका प्रतिनिधि/विज्ञलाई आफैंले दिएको आँकडामा स्पष्ट देखिएका कुरा नकार्दै भ्रामक "तथ्य" दिन किन मन लाग्छ, पत्रिकालाई बाइट दिने विज्ञले किन केही नसोची त्यसै बोल्नुहुन्छ, त्यो पनि आफैं गम्नुहोस्। इति