2. 'लामो समयदेखि सचिवालय मार्फत (कार्यकारी) निर्णय लिइरहेको नेकपामा माधवकुमार नेपाल समूहको समेत साथका कारण यतिखेर स्थायी समितिका बहुमत सदस्य पुष्पकमल दाहालतर्फ देखिन्छन्। यही बहुमतको बलमा दाहाल, ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराई आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीतिमा छन्।'
3. 'दाहालले यसबीचमा प्रधानमन्त्री ओलीबाट तिरस्कृत झैं अवस्थामा रहेको पूर्व एमालेको असन्तुष्ट पंक्तिको सहयोग पाएका छन्। र ... उनी नेकपा नेतृत्वको सरकारको बाँकी आधा अवधि प्रधानमन्त्री हुन चाहन्छन्।'
4. 'यसअघि दाहालले सरकारको नेतृत्व गर्दा मुलुकमा संक्रमणकाल थियो। भर्खरै द्वन्द्वकालको मार भोगेका जन–जनलाई संक्रमणकालमा माओवादी नेता फेरि जंगल नफर्किउन् भन्ने चाहना थियो। यही कारण पुष्पकमल दाहाल मात्र होइन, बाबुराम भट्टराईको समेत प्रधानमन्त्रीत्वलाई तिनले ‘सहेका’ हुन्।'
5. 'नयाँ संविधानपछिको सामान्यकालमा दाहालले आफूलाई प्रधानमन्त्री जस्तो राजकीय पदमा समाहित गर्न सर्वोच्च अदालतले आदेश गरिसकेको अन्तर्राष्ट्रिय मान्यता अनुरुपको संक्रमणकालीन न्यायिक प्रक्रियाबाट गुज्रनुपर्छ, आफ्नो निर्दोषिता सावित गर्नुपर्छ।'
6. 'प्रधानमन्त्री ओलीको शासनशैली मात्र होइन, कार्यशैली पनि पार्टीभित्र र बाहिर अचाक्ली आलोचित बन्यो। उनका बोली, वचन र व्यवहार देशको वर्तमान र नागरिकको मनोविज्ञानसँग संगति राख्न अक्षम देखियो। तर, यति भनिरहँदा पनि प्रधानमन्त्रीमा ओलीको विकल्प दाहाल हुनसक्तैनन्...'
7. '...किनभने ओली सरकार मार्फत थोपरिएका समस्याको समाधान दाहाल नेतृत्वको सरकारले गर्न सक्तैन, बरु यो त्यस्ता नयाँ विघ्नहरुको आगमन हो, जसबाट समस्याग्रस्त देश र नागरिकले आत्मसम्मान गुमाउने अवस्था निम्तिनसक्छ, भूराजनीतिक आयाम सहितका द्वन्द्वका नयाँ परिदृश्य देखिन सक्छन्।'
8. 'बिर्सन नहुने कुरा- संक्रमणकालीन न्यायको सही र न्यायपूर्ण अवतरण नहुनुको मुख्य कारक दाहाल नै हुन्। उनकै अनेक चालबाजी र मिलेमतोले द्वन्द्वपीडितको आँशु रोकिएको छैन भने देशको अन्तर्राष्ट्रिय छवि गिर्दो छ। यसको पछिल्लो उदाहरण सभामुखमा विवादित अग्निप्रसाद सापकोटाको नियुक्ति हो...'
You can follow @KanakManiDixit.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.